डा. केसीको अनसन स्थगित



काठमाडौं, पुस १८

डा. गोविन्द केसीले पुस तत्काल अनसन नगर्नु हुने भएको छ । अनसन बस्न पूर्वको ईलाम आईपुग्नु भएका उहाँले पुस २५ गतेसम्मका लागि अनसन स्थगित गरेको जनाउनु भएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिद्वारा केही दिनका लागि समय माग भएकाले आफूले अनसन स्थगित गरेको उहाँले जनाउनु भएको छ । चिकित्सा शिक्षा विधेयक संसदमा गएपनि त्यसमा चलखेल भइरहेको भन्दै केसीले अनसन सुरु गर्ने बताउनु भएको थियो । तत्कालै आफूसँग भएका सहमति बमोजिमका माग पूरा नभए आफूले अनसन थाल्नेसमेत केसीले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News