विमान खरिदमा भएको अनियमितताको उच्च स्तरीय छानबिन : प्रधानमन्त्री



काठमाण्डौँ, पुस १९

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी विमान खरिदमा भएको अनियमितताको सरकारले उच्च स्तरीय छानबिन गर्ने बताउनुभएको छ ।

गएराति नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ’जनतासँग प्रधानमन्त्री’मा प्रधानमन्त्री ओलीले संसदलाई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वाइडबडी विमान खरिदको छानबिन गर्न आग्रह गर्दै सरकारले पनि उक्त प्रकरणमा उच्च स्तरीय छानबिन गर्ने बताउनु भएको हो ।

प्रतिनिधिसभाको लेखा समितिले गठन गरेको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमानमा चार अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको र त्यसमा वहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव तथा दुई सचिव र वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतका अधिकारीलाई दोषी देखाएको छ । उनीहरूलाई कारबाहीका लागि सिफारिस गर्न सुझाव पनि समितिलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News