विराटनगरमा राष्ट्रपति भण्डारीलाई अभिनन्दन



मोरङ, पुस १९

राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित आफू पढेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आज एक समारोहका बीच अभिनन्दन गर्ने भएको छ ।

राष्ट्रपति भण्डारी उक्त क्याम्पसको पूर्व विद्यार्थी भएको र हाल देशको सर्वोच्च पदको नेतृत्व गर्न सफल भएकोमा उहाँलाई क्याम्पसले अभिनन्द गर्ने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले २०३९ साल देखि २०४१ सालसम्म उक्त क्याम्पसमा मानविकी संकाय अन्तर्गत स्नातक तहको अध्यन गर्नुभएको थियो । अध्ययनका क्रममा उहाँ २०४० साल बैशाखमा सम्पन्न सो क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपति भण्डारीले उक्त क्याम्पसको अवलोकन भ्रमण गर्नुका साथै क्याम्पसका समस्याहरुलाई समेटेर तयार पारिएको बृतचित्रको दृश्यवलोकन गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ । पूर्वकै मुख्य शैक्षिक संस्थाको रुपमा परिचित उक्त क्याम्पसका दर्जनौ पूर्व विद्यार्थी उपप्रधान तथा मन्त्री पदको जिम्मेवारीमा पुगि सकेका छन् ।

यसैबीच राष्ट्रपति भण्डारी आजै पूर्वाञ्चल विश्व विद्यालयको रजत महोत्सवमा सहभागी हुनुहुने भएको छ । विश्व विद्यालयका उपकुलकपति डा. घनश्यामलाल दासले रजत महोत्सवको उद्धघाटन राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिनुभयो । विश्व विद्यालयको विराटनगरस्थित केन्द्रीय कार्यालयमा रतज महोत्सव समारोह आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News