आजदेखी दुई रुपैया सस्तोमा पाउनुहुनेछ पेट्रोलियम पदार्थ



काठमाडौँ, पुस १९

नेपाल आयल निगम लिमिटेडले आजदेखी लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।  समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम रहेको थियो । अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News