चिलिमेको शेयर मूल्य समायोजन


 


काठमाडौँ, पुस १९

चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता रु ५६२ मा मूल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो ।

कम्पनीको औसत आधार मूल्य रु ७३७ रहेको छ ।  यस्तै हालै मात्र साधारण शेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार सुरु भएको छ । स्टकका अनुसार सो कम्पनीको पहिलो कारोवार मूल्य रु १११ देखि रु ३३५ सम्म रहने प्रक्षेपण गरिएको छ ।

कम्पनीको बुधबार मात्रै १६ लाख ६० हजार कित्ता शेयर स्टकमा सूचीकृत भएको थियो । कम्पनीले केही समय पहिले मात्रै रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री गरेको थियो । रासस

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्