रेशम चौधरीले लिए सांसद पदको सपथ



काठमाडौँ, पुस १९

टीकापुर घटनाका मुख्य अभियुक्तको आरोप लागेका रेमश चौधरीले सांसद पदको सपथ लिएका छन् । सिंहदरबार पुगेर चौधरीले सांसद पदको सपथ लिएका हुन् । चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।

प्रहरीले चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार ल्याएको थियो । चौधरीको सपथ ग्रहण कार्यक्रममा सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगाएत राजपाका नेताहरु उपस्थित भएका थिए ।

जिल्ला अदालत कैलालीमा चौधरीबिरुद्ध टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा मुद्धा विचाराधीन अवस्थामा रहेको छ । टीकापुर घटनापछि फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए ।

यसरी चौधरीले चुनाव जितेपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News