झापामा मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गयो



झापा, पुस १९

मोटरसाइकल दुर्घटना हुँदा आज दिउँसो झापाको शिवसताक्षी नगरपालिका –११ माइधारमा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङका १८ वर्षीय सबिन लिम्बू र सोही उमेरका युवक सन्जु लिम्बू छन् ।

दिउँसो २ः३० मा पूर्वपश्चिम लोकमार्गमा उछिन्ने क्रममा मे ४ प ३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । पूर्व जाँदै गरेको मोटरसाइकल ओभरट्याक गरेर अघि बढ्ने क्रममाविपरीत दिशाबाट आउँदै गरेको बा १३ च ३१३२ नम्बरको बोलेरोमा ठोक्किएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलास राईले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका लागि बिर्तामोडतिर लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News