चाैथाे टेष्ट: पुजारा र पन्तको शतकसँगै भारत अष्ट्रेलियाभन्दा ५ सय ९८ रनले अगाडि


 


काठमाडौं चेतेश्वर पुजारा र ऋषभ पन्तको उत्कृष्ट शतकका कारण अष्ट्रेलिया विरूद्दको चौथो तथा अन्तिम टेस्टको दोस्रो दिनको खेल सकिँदा भारत ५ सय ९८ रनले अगाडि रहेको छ ।

दोस्रो दिन ३०३ रनमा ४ विकेटको अवस्थाबाट खेल सुरू गरेको भारतले कुल ६२२/७ को अवस्थामा पारी समाप्तिकाे घाेषणा गर्यो । जसमा पन्तले सानदार ब्याटिङ गर्दै १ सय ८९ बलमा १५ चौका र १ छक्कामा १ सय ५९ मा अविजित रहे ।

रविन्द्र जडेजा र पन्तले ७ औं विकेटका लागि २ सय ४ रनको कीर्तिमानी साझेदारी गरे । जडेजाले ८१ रन बनाए ।

त्यसअघि चेतेश्वर पुजाराले पनि भारतको पारीमा एक सय ९३ रन थपेका थिए । उनी दोहोरो सतक बनाउनबाट मात्र ७ रनले पछि परे । त्यस्तै युवा खेलाडी मायांक अग्रवालले ७७, हनुमा विहारीले ४२ तथा कप्तान विराट कोहलीले २३ रनको योगदान गरेका थिए ।

पहिलो पारीको सुरूवात गरेको अष्ट्रेलियाले दोस्रो दिन २४ रन बनाएको छ । चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ ।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्