‘हल्दीकी काहे जल्दी’ बालविवाह गर्ने र गराउने दुवैलाई कारबाही गर्ने आईजीपीको चेतावनी



रौतहट । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘हल्दीकी काहे जल्दी’ बालविवाह गर्ने र गराउने दुवैलाई कडा रुपमा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

रौतहटको सदरमुकाम गौरस्थित शुक्रवार आयोजित बालबिवाह विरुद्धको बृहत संकल्पसभालाई सम्बोधन गर्दै खनालले स्थानीय भाषामा बोल्दै ‘हल्दीकी काहे जल्दी’ बालविवाह कानुनी अपराध भएको प्रष्टयाएका हुन् ।

प्रदेश २ मा लागु गरिएको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानको सराहना गर्दै उनले बेटी सबभन्दा ठूलो सम्पती र बेटीले आर्जन गरेको शिक्षा त्यो भन्दा पनि ठूलो सम्पती भएको विचार राखेका छन् ।

महानिरिक्षक खनालले २० बर्षसम्मका बालिका पढ्ने र खेल्ने उमेर भएको बताउँदै बेटीलाई डाक्टर, इन्जिनियर मात्र नभई म जस्तै प्रहरी बनाउन सबै अभिभावकलाई आग्रह गरे ।

प्रदेश २ मा बालबिवाह गर्ने÷गराउर्ने, दाइजो लिने÷दिनेलाई कानुनी दायरामा ल्याउन प्रदेश २ का सबै प्रहरीलाई उनले निर्देशन समेत दिए ।

उनले आफू जागिरबाट अवकाश भएपछि बालविवाहको अन्त्य र दाईथो प्रथा उन्मुलन गर्ने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न वक्ताहरुले बालविवाह र दाइजो प्रथा रोक्नेबारे बोलेका थिए ।

गौरमा सिसिटिभी क्यामरा उद्घाटन

त्यसअघि प्रहरी महानिरिक्षक खनालले एक समारोह बीच जिल्ला प्रहरी कार्यालय रौतहटको प्रांगणमा सिसिटिभी क्यामेराको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा उनले विश्व इन्फरमेशन टेक्नोलोजीको प्रविधिबाट अघि बढिरहेको भएपनि नेपाल प्रहरीलाई सूचना प्रविधिको अभावमा काम गर्न गाह्रो भएको बताए ।

उनले सिसिटिभी जडानपछि प्रहरीले अपराध नियन्त्रण गर्ने, अनुसन्धान गर्ने, शान्ति सुरक्षा कायम गर्न सहज हुने बताएका थिए ।

इन्फरमेशन टेक्नोलोजीको प्रविधिलाई अपराधीहरुले सहजै रुपमा प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको अपराधहरु घटाउने गरेको कारण सूचना प्रविधिको विकाससँगै नेपाल प्रहरीलाई पनि यस्तो प्रविधि जोडिदिए भने जस्तोसुकै चुनौतीलाई सहज रुपमा अनुसन्धान गरी कानुनी डायरामा ल्याउन नेपाल प्रहरी सक्षम रहेको उनले बताए ।

एशीयामै नेपाल प्रहरीको आफ्नै साख रहेको तथा जापानमा पनि सम्मानित भएका नेपाल प्रहरीलाई बदलिँदो परिवेशसँग रुपान्तरण गरी सूचना प्रविधिसँग जोडिए भने विश्वमै नेपाल प्रहरीको काम कतव्र्यमाथि कसैले पनि औंला ठड्याउन नसक्ने बताए ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई अपराध न्यूनीकरण तथा नियन्त्रणका लागि सोही अनुरुप क्षमता अभिवृद्धि गराएर अगाडि बढिरहेको बताए ।

केही प्रहरी कर्मचारीको बदमासीका कारण सिंगो संगठनलाई बदनाम हुन नदिन त्यस्ता खराब आचरणका प्रहरी कर्मचारीलाई संगठनबाट बाहिर हटाउने कार्य पनि भएको उनले बताए ।

प्रहरी भनेको राम्रो हुनुपर्छ, नराम्रो गर्नेहरु प्रहरीमै नरहने भन्दै महानिरीक्षक खनालले नागरिकको जिउधनको सुरक्षा गरी शान्ति सुव्यवस्था कायम गराउने कार्यमा नेपाल प्रहरी अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरे ।

सदरमुकाम गौरमा निगरानीका लागि गौरका विभिन्न दश स्थानमा उच्च प्रविधिको वारलेश सिसिटिभी क्यामेरा जडान गरिएको छ । गौरको विपी चोकदेखि गौर भन्सार कार्यालयसम्म तथा संवेदनशिल विभिन्न स्थानमा ती क्यामेराहरु जडान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय अगाडि, हस्पिटल चोक, जिल्ला प्रशासन कार्यालय, बैंक रोड, भन्सार कार्यालय तथा सडकका मुख्य चोकहरुमा जडान गरिएको क्यामेराहरुले नगरक्षेत्रको अधिकांश दृश्यहरु कैद गर्नेछ ।

रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले क्यामेरा जडानपछि प्रहरीलाई पनि काम गर्न सजिलो भएको बताउँदै उनले स्थानियका गतिविधि मात्र होइन बाटो र चोकमा खटिएका प्रहरीहरुको निगरानी पनि सहज भएको बताए ।

गौर नगरपालिकाको ३० लाख आर्थिक सहयोगमा क्यामेराहरु जडान भएको हो । जडान भएका क्यामेराको कन्ट्रोरोल र निगरानी जिल्ला प्रहरी कार्यालय गौरमा रहेको छ ।

अत्याधुनिक सिस्टमबाट जडान गरिएका क्यामेरा नाईटभिजन भएकोले राति हुनसक्ने आपराधिक गतिविधिलाई निगरानी गरी अपराधीलाई कानुनको डायरामा ल्यान सहज भएकोमा एसपी ढकालले खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रदेश २ का प्रहरी प्रमुख डिआजी हरी बहादुर पाल, प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, विभिन्न नगरपालिका, गाँउपालिकाका प्रमुख÷उप–प्रमुख, जिल्ला समन्वय समितिका उपसभापति रामअसिस यादवलगायतले सिसिटिभी क्यामेरा जडानबाट गौरमा अपराधिक गतिविधी घटने विश्वास व्यक्त गरेका थिए ।

सोही अवसरमा रौतहटका एसपी केदार ढकार र सशस्त्र प्रहरीका ११ नम्बर गणका एसपी कृष्ण ढकाललाई कदर पत्रबाट प्रहरी महानिरीक्षक खनालले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News