इँटाभट्टामा लगेर १५ वर्षीया किशोरीलाई बलात्कार



सप्तरी पुस २१

इँटाभट्टा उद्योगमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जना विरुद्ध जबर्जस्ती करणीको उजुरी दर्ता गरेको छ । बाख्रा चराउन गएकी १५ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले खड्ग नगरपालिका–३ का ३५ वर्षीय राधेश्याम पण्डितविरुद्ध जबर्जस्ती करणीको उजुरी दर्ता गरेको जनाएको छ ।

आरोपि पण्डित इँटाभट्टा उद्योगका लेखापाल हुन । पण्डितले किशोरीलाई ललाइफकाइ उद्योगभित्र लगी बलात्कार गरेको भन्दै पीडितकी आमाले बुधबार प्रहरीमा उजुरी दिएकी थिइन् ।

एक महीनाअघि नै भएको बलात्कार घटना गाउँघरमा नै छलफल गरी मिलापत्र गर्न खोज्दा प्रहरीमा ढिला गरी सूचना आएको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताउनुभयो । पीडितकी आमाले बुधबार उजुरी लिएर आएपछि किशोरीको स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News