वाइडबडी खरिद प्रकरण निर्दोष देखिए गृहसचिव प्रेम राई, प्रतिवेदन हावादारी सावित



काठमाडौं,वाइडबडी विमान खरिदमा गृह सचिव प्रेमकुमार राई निर्दोष पाइएपछि संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको प्रतिवेदन सच्चिने भएको छ । राई पर्यटन सचिव हुँदा नयाँ विमान खरिदका लागि अध्ययन गर्न उपसमिति गठन गरेका थिए ।

पर्यटन मन्त्रालयका अनुसार राईले २ वैशाख २०७३ सालमा नयाँ विमान खरिदका लागि अध्ययन समिति गठन गरेपछि उनको अन्यत्र सरुवा भएको थियो । लेखा समितिका सचिव रोजनाथ पाण्डेले राईको पालामा नयाँ जहाज खरिदकै लागि उपसमिति गठन गरिएकाले राई निर्दोष पाइएको बताए ।

सचिव पाण्डेले राईको पालामा नयाँ जहाज खरिदकै निर्णय देखिएकाले समिति सभापतिको रायअनुसार यस विषयलाई गम्भीरतापूर्वक सच्याउने निर्णय भएको जानकारी दिए । सो निर्णयअनुसार गृह सचिव राई पूर्ण रूपमा निर्दोष साबित हुने भएका हुन् ।

सरकारकै अधिकारीका अनुुसार अहिलेका बहालवाला ६० जना सचिवमध्ये गृह सचिव राई सम्भवतः सबैभन्दा इमानदार र निर्भीक सचिवका रूपमा परिचित छन् । जब उपसमितिको प्रतिवेदन सार्वजनिक हुँदा वाइड बडी खरिद प्रक्रियामा भएको अनियमिततामा तत्कालीन पर्यटन सचिव र हालका गृह सचिव राईको नाम देखियो । त्यसपछि सरकारी अधिकारी र अधिकांश राजनीतिक दलका नेता नै आश्चर्यमा परे ।

सबैको प्रश्न तेर्सिन थाल्यो, ‘निर्दोषको किन हुर्मत लिने काम भयो ? ’ कतिपय सरकारी अधिकारीले तत्काल प्रतिक्रिया दिए, ‘यो हुनै सक्दैन ।

सबैभन्दा इमानदार सचिव जो छ, उसैलाई भ्रष्टचारी साबित गरेर के गर्न खोजिएको हो रु’ बिहीबार र शुक्रबार सिंहदरबारभित्र आमकर्मचारीमा एक प्रकारको निराशा र हतासपन देखिन पुगेको थियो । राईजस्ता निर्भीक र निःस्वार्थी सचिवलाई हतास बनाउन खोज्नु सुशासनको हुर्मत लिनु भएको भन्दै कर्मचारीहरूमा आक्रोश पनि त्यतिकै देखिन पुगेको थियो । यसअघि अख्तियारका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले पनि तत्कालीन सचिव शरदचन्द्र पौडेललाई यसरी नै दोषी करार गर्दा निजामती क्षेत्रमा त्यस्तै आश्चर्य व्यक्त गरिएको थियो । पौडेल समकालीन सचिवमध्ये इमानदारमा गनिन्थे । त्यसबाट पौडेलले धेरै मानसिक यातना भोग्नुप¥यो तर पछि उनले सर्वोच्च अदालतबाट सफाइ पाए ।

हचुवामै राईलाई आरोप लगाइए पनि गृह सचिव राई भने विचलित देखिएनन् । उनी आफू निर्दोष साबित हुनेमा ढुक्क थिए । दुई दिनमा उनलाई शुभचिन्तकहरूको सयौं फोन आयो । जवाफ दिँदा दिँदै उनी हैरान भए । ‘मलाई कुनै चिन्ता छैन तर तपाईहरू जस्ता कैयौं शुभचिन्तकको प्रश्नको उत्तर दिँदा दिँदै थकित जस्तो बन्न पुगेको छु,’ राईले भने ।

राईलाई नजिकबाट चिन्ने जोसुकैले पनि उनले कुनै गलत काम गर्यो भनेर पत्याउनै सक्दैनन् । ‘मैले कहिल्यै पनि इमानदारिता गुमाउन चाहिनँ, गलत कामको कहिल्यै साक्षी बस्न सकिनँ,’ राइले भने, ‘तर, अहिले अनाहकमा भ्रष्टचारको आरोप लगाइँदा कताकता निकै चित्त दुखेर आएको छ ।’ उनको गुनासो छ । केही सहकर्मीहरूले उनलाई भेटेर उनीविरुद्धको आरोपको सामूहिक प्रतिरोध गर्न आफूहरू तयार रहेको बताएका थिए तर राईले सहकर्मीहरूलाई तातो रिस गर्न नहुने र आफू हतास नभएकाले चिन्ता नलिन आग्रह गरेका थिए ।

राई १८ माघ २०७२ देखि २७ भदौ २०७३ सम्म पर्यटन मन्त्रालयका सचिव थिए । उनी सचिव रहँदा उनले विमान खरिदबारे कुनै महŒवपूर्ण निर्णय गरेको देखिएको छैन् । तर, उनको पालामा नयाँ जहाज खरिदका लागि उपसमिति गठन गर्ने निर्णय मात्रै भएको थियो ।

राईले पर्यटन सचिव हुँदा २ वैशाख २०७३ सालमा विमान खरिदका लागि उपसमिति गठन गरेका थिए । लेखा समितिका एक सदस्यका अनुसार राईको पालामा खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको भन्ने गलत सूचना आएकाले गलत निर्णय हुन पुगेकाले सच्याइने भएको हो । ‘त्रृटिवश त्यस्तो हुन पुगेछ, अहिले हेर्दा राईले त्यतिबेला नयाँ जहाज खरिदकै लागि उपसमिति गठन गरेका रहेछन्,’ लेखा समितिका ती सदस्यले भने ।

पर्यटन सचिव राईले २ वैशाख २०७३ सालमा नयाँ विमान नै ल्याउनुपर्ने तर्कसहित त्यसका लागि आवश्यक अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेका थिए । त्यसपछि राईको अन्यत्र सरुवा भयो । ‘राई सम्भवतः पर्यटन सचिवका रूपमा रहिरहेको भए सेकेन्ड ह्यान्ड विमान खरिदको प्रक्रिया अगाडि बढ्नै पाउँदैनथ्यो,’ पर्यटन मन्त्रालयका एक सहसचिवले राजधानीलाई भने, ‘जो इमानदार छ, उसैलाई फसाउन खोजियो । यसले गर्दा हामीलाई पनि काम गर्ने जाँगर नै मरेर आयो ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News