सत्ता साझेदार फोरमले किन गर्यो सरकारकै विरोध ?



काठमाडौं, पुस २१

सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालले आफू सहभागी भएको केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीको विरोध गरेको छ ।

फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवसहितका नेताहरुले शनिबार प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर बुझाएको ११ बुँदे ‘स्मरणपत्र’मा सरकारको शैली फेर्नुपर्ने सुझाव दिइएको छ ।

प्रधानमन्त्री ओलीलाई बुझाइएको स्मरणपत्रमा फोरमले दुईतिहाइ बहुमतको सरकार बनेपनि जनताले त्यसअनुसारको अनुभूति गर्न नपाएको भन्दै सरकारी कार्यशैलीको आलोचना गरिएको छ ।

फोरमले आफैं सहभागी सरकार अराजकता, ढिलासुस्ती, कमिसनतन्त्र, भ्रष्टाचारमा लागेको दाबी गरेको छ । प्रधानमन्त्री ओलीलाई फोरमले बुझाएको पत्रमा भनिएको छ–‘मुलुकमा बढ्दो अराजकता, ढिलासुस्ती, कमिसनतन्त्र, भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गरी जनतालाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउन ध्यानाकर्षण गराउँदछौं ।’

फोरमले सरकार गठन भएको लगभग एक वर्ष हुन लाग्दासमेत त्यसको प्रत्यक्ष अनुभूति नेपाली जनताले किन पाउन सकेनन् रु भनी विश्लेषण र समीक्षा गर्न पनि माग गरेको छ । फोरम नेपालले संसदको जारी हिउँदे अधिवेशनबाट संविधान संशोधन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News