५० करोडमा आफैँ रेल किन्दै सरकार



जनकपुर, पुस २१

भारतीय जनशक्ति प्रयोग गरी नेपाल सरकारले आफ्नै स्वामित्वको रेल सञ्चालन गर्ने भएको छ।  नेपालमा रेल सञ्चालनका लागि अनुभवी चालकलगायतका जनशक्ति नभएकाले सरकारले भारतीय जनशक्तिको सहयोगमा रेल सेवा सञ्चालन गर्न लागेको रेल विभागले जानकारी दिएको छ।

नेपालको एकमात्रै रेलमार्ग जनकपुर–जयनगर खण्डमा आफ्नै रेल चलाउने तयारी अन्तिम चरणमा पुगेको समेत विभागले बताएको छ।विभागले भारत सरकारसँग तत्कालै ५० करोड खर्चिएर एउटा रेल ल्याउन लागेको रेल विभागमा महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो।

‘रेल खरिदबारे आगामी जनवरी १० तारिकसम्म भारतसँग डिल सक्ने योजना सरकारको छ। त्यसलगत्तै रेल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्ने प्रक्रिया पनि सुरु हुने छ,’ विभागका निर्देशक मिश्रले भन्नुभयो।

‘रेलको सञ्चालन र व्यवस्थापन हामी आफैं गर्छौं, हामीसँग चाहिने चालकलगायतका प्राविधिक जनशक्ति भारतबाटै ल्याउँछौं,’ उहाँले भन्नुभयो, ुहामीले उहाँहरुलाई तलब सुविधा दिएर राख्ने हो।’

चालू आर्थिक वर्षको बजेटमा रेल किन्न ५० करोड मात्र बजेट विनियोजन भएको छ। अर्थ मन्त्रालयले अर्को ५० करोड दिन सहमति दिसकेको छ।

यसअघि विभागले विदेशका अनुभवी कम्पनीलाई ३ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको अवधारणा बनाएको थियो। तर, आफ्नै रेल ल्याउने भएपछि सञ्चालन र व्यवस्थापन पनि नेपालले नै गर्ने योजना बनाइएको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News