संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओली



काठमाण्डौँ, पुस २२

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ ।  शुक्रबारको बैठकलाई सम्बोधन गर्ने भनिएपनि ब्यस्तताको कारण देखाउदै सम्बोधन स्थगित भएको थियो ।

प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षी दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको अधिकारीको भनाइ छ ।

त्यस्तै आजको कृषि तथा पशुपन्छी विकासमन्त्री चत्रपाणी खनालले जीवनासक विषादी ब्यवस्थापन विधेयकमाथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको संसद सचिवालयका सहायक प्रबक्ता केशव अर्याललले जानकारी दिनुभयो ।

यस्तै कानुन, न्याय तथा संसदिय मामिलामन्त्री भानुभक्त ढकालले प्रशासकिय अदालत विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्ति समितीमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक २०७५ माथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कायुसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News