संसद बैठक पुस २५ गते बस्ने



काठमाडौं, पुस २२

नेपाली कांग्रेसको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुस २५ मा मात्रै बस्ने भएको छ। संसद सचिवालयले सूचना टाँस गर्दै २५ गतेका लागि बैठक बोलाएको हो। बैठक दिउँसो १ बजे बस्ने छ।

आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो। उहाँले सरकार सफल भएको दलिलहरु पेश गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सम्बोधनपछि कांग्रेसले प्रश्न सोध्न पाउनुपर्ने बताएको थियो। उसको विरोधका बाबजुद सभामुख कृष्णबहादुर महराले पूर्वनिर्धारित कार्यसूचीमा अगाडि बढ्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News