संसद बैठकमा काँग्रेस सांसदको नाराबाजी



काठमाडौँ, पुस २२

प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्न माग पाउनुपर्ने माग गर्दै नेपाली काँग्रेसका सांसदहरुले संघीय संसदको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन लगत्तै सभामुखले कार्यसुचीमा रहेका कार्यक्रम अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेलगत्तै काँग्रेस सांसदहरुले प्रश्नोत्तरको माग गर्दै आपत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले सिमित सांसदलाई प्रश्नोत्तरको समय दिएका थिए ।

तर, काँग्रेस सांसदहरुले उक्त प्रस्ताव अस्वीकार गरेपछि सभामुख कृष्णबहादुर महराले शुन्य र विशेष समय रद्द गर्ने निर्णय गरेका थिए ।कांग्रेस सांसदको विरोधका बीच अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले निवृत्तभरण कोष विधेयक सम्बन्धी समितिको प्रतिवेदन र भुक्तानी तथा फस्यौट विधेयक सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए ।

लगत्तै काँग्रेस सांसदहरु रोष्टम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । प्रश्न सोध्न पाउनुपर्ने सम्बन्धमा निकै समय सभामुख र कांग्रेस सांसदहरुबीच भनाभन चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News