झापामा आगलागीमा परी एक मजदुर महिलाको मृत्यु



झापा, पुस २२

झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागीमा परी एक मजदूर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरीगञ्ज–२ हेमनाडाँगीस्थित जोगेन टुडुको घरमा शनिबार राति आगलागी हुँदा उहाँको ४५ वर्षीया श्रीमती सुनिता टुडुको मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेका अवस्थामा नजिकै बालेको कुपीबाट ओछ्यानमा आगो सल्किँदा उहाँको सुतेकै अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

आगलागीको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी कार्यालयका प्रमुख टेकेन्द्र पौडेलले बताउनुभयो । मृतक टुडुको शव परीक्षणका लागि आजै आम्दा अस्पताल दमक पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News