पर्यटनमन्त्री अधिकारी, राजीनामाको प्रचार हल्ला मात्रै आज यथार्थ बिवरण सार्वजनिक गर्दै



काठमाडौं,पुस २३ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले आज पत्रकार सम्मेलन मार्फत वाइड बडी प्रकरणबारे आफ्नो धारणा सर्वजनिक गर्ने हुनुभएको छ ।

सवै पक्षसँग परामर्श गरेपछि माननीय मन्त्रीज्यूले वाइडबडी खरिद प्रकरणको यथार्था पाटो सार्वजनिकगर्न लाग्नुभएको हो

संघीय संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविनको नाममा चरित्रहत्या गरेपछि मन्त्री अधिकारीले आज पहिलोपटक पत्रकार सम्मेलन गरी वाइडबडी खरिदको सम्पुर्ण पाटो सार्वजनिकगर्न लाग्नुभएको हो ।

‘सवै पक्षसँग परामर्श गरेपछि माननीय मन्त्रीज्यूले वाइडबडी खरिद प्रकरणको यथार्था पाटो सार्वजनिकगर्न लाग्नुभएको हो,’पर्यटन मन्त्री अधिकारीकाप्रेससंयोजक ध्रुव अधिकारीले जनताटाइम्ससँग भन्नुभयो ।

पोखरेलका अनुसार मन्त्री अधिकारीले बाइड बडी खरिद प्रकरणका बारेमा अहिलेसम्म उठेका प्रश्नको जवाफ पत्रकार सम्मेलनमार्फत दिनुहुनेछ । साथै उहाँले बाइड बडीका बारेमा उठेका भ्रम चिर्नेगरी यथार्थ प्रमाणहरू सार्वजनिक गनूहुने पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार मन्त्री अधिकारीले पत्रकार सम्मेलनमार्फत यथार्था राख्न लागेपनि माफियाहरुले राजनामा दिने भन्दै चरित्रहत्या गर्ने अभियान चलाएका छन ।

पोखरेलका अनुसार पत्रकार सम्मेलनमा बाइड बडी खरिदको अनियमिततामा संलग्न भएको आरोपमा कारबाही सिफारिसमा परेका मन्त्रालयका सचिव कृष्ण देवकोटा, नागरिक उड्ययन प्रधिकरणका महानिर्देशक र वायु सेवा निगमका महाप्रबन्धक र कार्यकारी अध्यक्ष समेत सहभागी हुनेछन ।

वाइड बडी खरिदमा भ्रष्टाचार भएको भन्दै लेखा समितिले छानविन गरिरहेको छ । लेखा समितिले गठन गरेको उपसमितिले छानविन भन्दा चरित्रहत्या गर्ने गरी प्रतिवेदन बाहिर ल्याएपछि मन्त्री अधिकारीले बास्तविकता राख्न लाग्नुभएको हो ।

वाइड बडी खरिदमा भ्रष्टाचार भएको भन्दै लेखा समितिले छानविन गरिरहेको छ । लेखा समितिले गठन गरेको उपसमितिले छानविन भन्दा चरित्रहत्या गर्ने गरी प्रतिवेदन बाहिर ल्याएपछि मन्त्री अधिकारीले बास्तविकता राख्न लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News