दुष्प्रचारको पछि नलागी दृढतासाथ सरकारको बचाउ गर्न कार्यकर्तालाई नेपालको निर्देशन


 


धनुषा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारको लोकप्रियता देखेर प्रतिपक्षी दल तथा विरोधीले दुष्प्रचार गर्न लागेको बताउनु भएको छ ।

नेकपाले आज जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले यस्ता दुष्प्रचारको पछि नलागी दृढतासाथ सरकारको बचाउ गर्न कार्यकर्तालाई आह्वानसमेत गर्नुभयो ।

नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

विरोधीले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाइ रहेको उहाँको भनाई थियो ।

नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता नेपालले भन्नुभयो, “वर्तमान सरकारको काममा केही कमीकमजोरी हुनसक्छ तर सरकारको नियतमा बेइमानी छैन ।”नेता नेपालले दुई वर्षभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको बताउनुभयो ।

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्