राउटेलाई सरकारले खुवायो यस्तो भोज


 


काठमाडौं । राउटे समुदायलाई समाजमा घुलमिल बनाउने अभियानअन्तर्गत राउटे बस्तीमा पुगेर सरकारले भोज खुवाएको छ । सुर्खेतको लेकबेसी नगरपालिका लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो ।

प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न जंगलमा राउटे समुदाय बन्दै आएका छन् । उनीहरुकै बसाइस्थानमा पुगेर भोज खुवाइएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सहभोजको आयोजना गरेको हो । सहभोजमा राउटेसँगै अन्य समुदायका बासिन्दा सहभागी थिए । राउटको सीप र संस्कृति संरक्षणसहितको सामाजिकीकरण गर्न प्रदेश सरकारले अभियान थालेको र राउटे बस्तीमा स्वास्थ्य शिविरसमेत गरिएको थियो ।

चिसो बढेपछि राउटे बालबालिका, वृद्धवृद्धामा विभिन्न स्वास्थ्य समस्या परीक्षणको क्रममा भेटिएका थियो । स्वास्थ्य जाँचमा संलग्न कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा लोकेन्द्र थापाले बस्तीमा हरेक साता विशेषज्ञ चिकित्सकले राउटेको स्वास्थ्य परीक्षण गर्ने जानकारी दिए । मन्त्रालयले राउटे बस्तीमा तीनवटा सोलारसमेत जडान गरिदिएको छ ।

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्