सरकार र आफूबीचको सम्झौता हुवहु कार्यान्व्यन नगरे अनसन बस्ने डा केसीको चेतावनी


 


काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन नसच्याए अनसन बस्ने चेतावनी दिएका छन् । सोमबार पत्रकार सम्मेलन गरी सम्झौता विपरित प्रतिवेदन तयार भएको भन्दै पुनः अनसन बस्ने चेतावनी दिएका हुन् ।

उनले चिकित्सा शिक्षाका बिषयमा सरकार र आफूबीचको सम्झौता हुवहु कार्यान्व्यन नगरेमा आफू द्वन्दकालका जघन्य अपराधका दोषीहरुविरुद्ध समेत लड्ने बताए ।

उपसमितिले आइतबार डाक्टर केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको थियो । प्रतिवेदनमा कांग्रेस सांसद गगन थापोल फरक मत राखेका छन् । डाक्टर केसीले सरकारले गरिव जनता र विद्यार्थीको पक्षका काम नगरेको बताए ।

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्