धनगढीका वडा सचिव कार्यालयमै झ्याप, भन्छन नेताको टेबुलमा मेरो हजिर किन ?



काठमाडाैँ । सुदूरपिश्चप प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का वडा सचिव करुणाकर जोशी कार्यालय समयममै झ्याप भएर बस्ने गरेका छन । सोमबार दिनेशखबरका कमल सावदमा कैद भएका जोशीको रमिता उदेक लाग्दो रहेको छ । मदिरामा लठ्ठ भएका उनी सेवाग्राहीसँग पनि अाश्चर्यजनक व्यवहार देखाइरहेका थिए ।

वडा अध्यक्षले हाजिर रजिष्टर लुकाएकाले मदिरा खाएर कार्यालयमा आएको वडा सचिव जोशीले गुनासो गर्दै थिए । वडा अध्यक्ष भागिराम चौधरीले वडा सचिव जोशीको मदिरा पिउने बानी भएको र सो बारेमा प्रहरी र मेयर नृप वहादुर वडलाई पनि जानकारी दिएको तर केहि सुनवाई नभएको बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News