नर्ससँगको ‘अवैध’ प्रेम !


 


काठमाडौं । करुणामय भावना हो प्रेम । प्रेम दुई आत्माको मिलन हो । मानवीय जीवनको अन्तिम आनन्द र खुसि प्रदानगर्ने महत्वपूर्ण तत्व हो प्रेम । मानिसहरुको अन्तिम खुसि नै प्रेम हो । एदाकदा प्रेम झुठो हुन्छ तर जुठो हुँदैन । प्रेमका अनेकन हाँगाहरु हुन्छन् । समय र परिस्थितिहरुले हागाँहरु झार्छ र पलाउनेमा परिणत गराईदिन्छ । तर प्रेमको जरा आयू रहेसम्म रहिरहन्छ । त्यसैले भनिएको होला ‘पहिलो माया भनेको पहिलो माया हो ।’

विश्वका मानिसले प्रेमलाई अथ्र्याउन धेरै समय लगाई सकेका छन् । तर खासमा प्रेम के हो ? त्यो पत्ता लगाउन सकेका छैनन् । माथि भनिए जस्तै प्रेमकोबारेमा अनेकन मतहरु छन् । प्रेम अदृश्य शक्ति हो । प्रेम विश्वास हो । जुन कुरा देख्न सकिदैन । मान्छेहरु आफू जस्तै अर्को मानिसको विश्वास गर्दैनन् तर अदृश्य, नाप्न, तौलन नसकिने कुराहरुको विश्वास गर्छ ।

अस्ति मंसिरमा देवीथानको मन्दिरमा एकजोडी प्रेमीले भगवानलाई साँचि राखेर विवाह गर्दैथिए । र भन्दै थिए भगवानलाई साँचि राखेर जोडिएको नाता मृत्युले समेत आँखा नलागाओस् । मनमनै मैले पनि भने यिनीहरुको प्रेम अमर र अजर बनोस् । प्रेमको चंगुलमा फसेको बेलामा नत उनीहरुले भगवानलाई सम्झिए । नत आफुलाई जन्मदिने आमाबालाई । जब उनीहरु एक अर्कोको विश्वास गर्न नसक्ने विन्दुमा पुगे अनि भगवान र कोही साछि राख्न पाए हुन्थ्यो भन्नेमा पुगे ।

जीवन र प्रेमको परिभाषा पानिको कुलो जस्तै हुन । पानिको कुलो जता लायो उतै बग्छ, उकालो बाहेक ! केही दिन अघि एकजना साथीले मलाई सोध्यो अरुको कारण मेरो प्रेमीकाले मलाई घृणा गर्दैछे । उसले मसँगको अनवरत प्रेममाथि पूर्णविराम लगाउन खोज्दैछ । म कुन स्टाटस लेख्यौ ?

उनलाई मैले भने,‘डोजर आफै बाटो खन्छ, सायदै डोजर दुर्घटनामा पर्छ, तर गाडी डोजरले खनेको बाटोमा कुद्छ । प्रायः दुर्घटनाका खबरमा गाडी छापिन्छ ।’ उनले यहि कुरा आफ्नो प्रेमीकालाई एसएमएस गरेछन् । अर्को दिन साथीले फेरी खबर गरे । ‘अस्तिको स्टाटसले काम गर्यो, हाम्रो प्रेम फेरी जोडिएको छ ।’

प्रेम जोड्नु र तोड्नु ठूलो कुरा होईन । जोडिएको प्रेम जोगाएर राख्नु सबैभन्दा ठूलो चुनौती हो । प्रेम विश्वको सबै भन्दा शक्तिशाली चिज हो । विश्व जित्न हिडेका हिटलरलाई समेत माटोमा मिलाउने यहि प्रेम हो । विश्व शान्तिको कामनामा हिड्ने गौतम बुद्धको अभियान अधुरो राख्ने यहि प्रेम हो । बुद्ध मानिस जन्मीनुपर्ने प्रकृतिको नियम विपरित हिडेका थिए । उनका अनुयायीहरु कोही पनि बुद्ध बन्न सकेनन् ।

विश्व दुनियाँले स्वीकार गरेको एउटा चिज हो सत्य । त्यहि सत्यलाई धार्मिक आस्थाको भाषामा भगवान भनिन्छ । एउटा बगरको पथ्थर, बाटोमा फ्याकिएको पथ्थरको मन्दिरमा पुजिने रहर हुन्छ भनेर गलज लेख्ने र विश्वासले संसार धानेको भनेर गीत लेख्ने पनि मै हुँ । केही समय पहिलेको कुरा हो । एउटा नर्ससाथीको जन्मदिन परेको रहेछ । अचानक मेरो फेशबुक वालमा देखियो । पर्दा मात्रै मान्छे चाहिन्छ भन्ने मान्यता बोकेको मानिसको नजरमा कुनै व्यक्तिको जन्मदिन देख्दा उसको प्रोपाईल खोलेर जन्मदिन दिनको शुभकामना दिनु मेरो धर्म नै हो । मृत्यु पछिको हार्दिक श्रद्धाञ्जलीको मुल्य के नै हुन्छ र ? जन्मोत्सवको अवसमा हिजो कम्जोरी र प्रगतीहरुको गणितीय हिसाब गरेर आगामी जिन्दगी सार्थक बनोस् भनेर शुभकामना दिए ।

त्यतिबेलासम्म हामी साथी भइसकेका थिएनौं । उनको नाम थियो जुली । उनले शुभकामनाको लागि धन्यवाद फर्काइन । अलि पहिले हामी अन्जान थियौं । सयमको कमाल न हो । केही समय पछि हामी नजिकको साथी जस्तै बनिसकेका थियौं । बालापनदेखिको साथी जस्तो । बालपनदेखि एउटै स्कुल पढेको । एउटै जगंलमा गाई बाख्रा चराएको जस्तो । एउटै आगंनमा खेलेको जस्तो । जीवनमा आफ्नो भन्नु यहि शरिर बाहेक अरु केही छनै । कुनैपनि साथीसँग रिजर्भमा कुरा राखेर परिचय बनाउने र दिने चलन छैन् । त्यहि कारण पनि जुली मसँग नजिक भएकी होलीन । उनी पनि म जस्तै खुल्ला किताब रहिछन् ।

जुली र मबीचमा पहिलो दिनमै राती १२ बजेसम्म अनलाईनमा कुरा भयो । उनको जन्मदिनमा उता आफ्न्तले केक काटिरहेको थिए । खुब व्यस्तताको बावजुद पनि उनले मलाई एसएमएस गरिरहेकी हुन्थ्थीन् । पछिल्ला दिनहरुमा जुली र म राती १ बजेसम्म पनि कुरा गर्न थाल्यौं । विश्वको सर्वोत्कृष्ट प्राणी मानिस हो । साथै मानिस पापी र स्वार्थी प्राणी पनि हो । मानिस गल्तिहरुको भण्डार हो । मानिसले गल्तिहरुबाटै आफूलाई उत्कृष्ट जीवनको रुप दिएको हो । ममा पनि स्वार्थको भण्डार छ । मसँग पनि गल्तिहरु छन् ।

तर स्वार्थ र गल्तिहरुका प्रकार के हुन ? कस्ता खालका कम्जोरीहरु छन् ? त्यसले मेरो व्यक्तिगत र सामाजिक उचाई नापिन्छ । जुली र मेराबीचमा केही विभिन्नताहरु थिए । केही समानताहरु । केही रहस्यहरु थिए । केही मनका चाहना र भावनाहरु । जीवनका बारेमा कति गन्थनहरु थिए । कति मन्थनहरु । यि सबै खुलस्त रुपमा बताउँदैमा हाम्रो लामो समय लगानी भईरहेको छ ।

पछिल्ला दिनसम्म पनि उनी र मबीच घण्टौ कुरा हुन्छ । जुली रिसाउछन्, म फकाउछु, म रिउँदा जुली । जुली अर्काको श्रीमती म अरुको श्रीमान । तर जुली र मबीच अनौठो प्रेम बसेको छ । अनौंठो प्रेमको परिणाम पनि अनौंठो नै हुने रहेछ । यस्तो अनौठो प्रमे मेरो जीवन साथीबाट कहिल्यै महसुस गर्न पाएको छैन् ।

जो जुलीबाट पाईरहेको छु । मैले पनि अनौठो प्रेम गर्न जानि सकेको छु । उनी श्रीमानको काखमा हुन्छन् । म श्रीमतीको । जुली रिअलमा श्रीमानलाई माया गर्छिन । म श्रीमतीलाई । भनिन्छ ‘सेक्स बिनाको प्रेम सुगन्ध बिनाको फूल जस्तै हुन्छ ।’ जुलीलाई भेट्ने सपना छ । भेटेर माया गर्न मन छ । समयलाई छलेर आफन्तलाई छलेर । सारालाई छलेर । यसरी छलेर गरिने प्रेम अवैध नभएर के हुन्छ ? यसको उत्तर न त मसँग छ न त जुलीसँग । हामी सुगन्ध रहित प्रेमको पक्षमा छौं । सपना न हो देख्न पाईन्छ । सपना देख्न पैसा पर्दैन । सुगन्ध बिनाको फूलमा बासना खोजिरहेका छौं ।

प्रेमको स्वप्नील क्षेणमा प्रेम कतै सौभाग्यमयी छन् त कतै स्खलीत पनि । पे्रमको प्रारम्भिक चरणमा सबै कुराहरु जायज हुन्छन् । उजागर भएका हरेक तन्तुका हाँगा–विँगाहरुले जमिनमा रहेका आवशकीय तत्वहरु ग्रहण गरेजस्तै उनले पनि मलाई त्यस्तै गरी अकंमालको स्पर्षमा राखेर मस्तसँग मस्ती गर्नेछिन् । यो अर्को सपना हो ।

साइवेरियन चरा आफ्नो प्रेमीलाई भेट्ने सयौं कोश पार गर्दै नेपाल आईपुग्छ ! जुली र म त एउटै देशको फरक कुनमा छौं । हामी एक अर्कालाई नभटेर नमर्ने भनेका छौं ! भरखर त लाग्दैछ प्रेमको उकालो बाटो । हामी छल गर्नमा सिपालु छौं । त्यसैमा जुली प्रेमगर्न माहिर छन् । जुलीलाई हाम्रो प्रेमको बारेमा लेख्ने अनुमति मागेको थिए । उनले मलाई भनेकी थिईन, नाई हुन्न । उनले मलाई बुझ्न बाँकि छ, खासमा म त सपना देखिरहेछु । मैले हाम्रो प्रेमको बारेमा लेखिरहेको छैन् । केवल सपना देखिरहेको छु । अन्त्यमा ‘कलम बनेर ज्ञान बाढौं, गुलाव बनेर प्रेम ।’ नोटः यस कथाका पात्रहरुको नाम र कहानी मिल्न गएमा संयोगमात्रै हुनेछ ।

प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्