राजविराजबाट पनि बुद्ध एयरले उडान सेवा सुरु गर्ने


 


सप्तरी, पुस २४

बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलबाट उडान सेवा सुरु गर्न तत्परता देखाएको छ । बुद्ध एयरले राजविराज विमानस्थललाई नेपालमै पूर्वकालदेखि नै चर्चित, ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको गृहको रुपमा रहेको संज्ञा दिँदै यहाँबाट उडान भर्ने तत्परता देखाएको हो ।

यद्यपि उसले एउटा शर्त तेस्र्याएको छ । बुद्व एयरले राजविराज विमानस्थलमा रि–फ्यूलिङ सुविधा दिनुपर्नेमा जोड दिएको छ । रि–फ्यूलिङको व्यवस्था गरिए आगामी मार्च १ तारिखदेखि आफ्नो एटीआर विमानले उडान सेवा सुरु गर्ने बुद्ध एयर जनकपुरका प्रबन्धक विजय प्रसाद सिंहले बताउनुभयो ।

सिंहले प्रदेश २ का मुख्य मन्त्री लालबहादुर राउतलाई ध्यानकार्षण पत्र बुझाउँदै प्रदेश २ का तीनमध्ये कुनै पनि विमानस्थलमा रि–फ्यूलिङ सुविधा नरहेको बताउनुभयो । जसका कारण जनकपुर र सिमरा विमानस्थलले चाहेजतिको उडान सेवा दिन नसकेको स्मरण पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्