यी हुन् फेसबुक एकाउण्ट सुरक्षित राख्ने उपायहरु


 


facebookफेसबुक प्रयोग गर्न सजिलो भए पनि यो उत्तिक्कै असुरक्षित पनि रहेको छ। हामीले फेसबुक प्रयोग गर्दा आफ्नो व्यक्तिगत विवरणका बारेमा निकै सजग रहनु पर्ने हुन्छ। हामीलाई केही अप्ठ्यारो न होस् भनी हामीले आफ्नो फेसबुक सेटिङमा केही परिवर्तन गर्न सक्छौँ।

प्राइभेसी सेटिङः

फेसबुकको सेटिङमा गएर प्राइभेसी सेटिङ र टुल्समा गएर हामी आफ्नो प्रोफाइललाई अन्य व्यक्तिहरुबाट लुकाउन सक्छौँ। यसका निम्ति ‘who can see my post’ मा गएर ‘only me’ मा क्लिक गर्ने।

फ्रेन्ड रिक्वेस्टः

नचिनेको मानिसहरको फ्रेन्ड रिक्वेस्टलाई रोक्नका लागि प्राइभेसी सेटिङमा गएर ‘who can contact me’ मा क्लिक गर्ने। त्यसपछि ‘who can send you friend request’  सेटिङ आउँछ। उक्त सेटिङमा क्लिक गरेर आफ्नो फ्रेन्ड रिक्वेस्टको सेटिङलाई परिवर्तन गर्न सकिने छ।

म्यासेज फिल्टरः

यदि म्यासेज बक्समा नचाहिने म्यासेज आउने गरेको छ भने ‘whose message do I want filtered into my inbox’ मा क्लिक गर्ने। क्लिक गरेपछि ‘Basic and Strict’ विकल्प आउने छन्। आफूलाई चाहिने विकल्प छान्न सकिन्छ।

हाइड फेसबुक इमेल एड्रेसः

आफ्नो इमेललाई पनि अरु व्यक्तिसँग लुकाउन सकिन्छ। यसका निम्ति ‘who can look you up using the email address you provided’ मा गएर आफ्नो इमेल एड्रेस लुकाउन सकिन्छ।

फोन नम्बरः

आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर हाइड गर्नका लागि  ‘who can look you up using the phone number you provided’ मा गएर आफ्नो फोन नम्बर लुकाउन सकिन्छ।

टाइमलाइन र ट्यागीङः

अरुले ट्याग गरेको फोटो र पोस्टबाट बच्नको लागि टाइमलाइन एण्ड ट्यागीङ सेटिङमा गएर आफूलाई उपयुक्त हुने सेटिङ छान्न सकिन्छ।

एप्सः

आफ्नो व्यक्तिगत जानकारी अरुले थाहा नपाउन भन्नको लागि एप्समा पनि सेटिङ मिलाउनु पर्ने हुन्छ। यसका निम्ति सेटिङमा जाने र एप्स विकल्प आउनेछ। एप्समा क्लिक गरेपछि एप्स, वेवसाइट एण्ड प्लग इन विकल्प आउने छ। उक्त विकल्पमा क्लिक गरेर इनेबलबाट डिसएबल गर्ने। यसोगर्नाले प्रयोग गरिरहेका एप्सका बारेमा अरु व्यक्तिलाई कुनै किसिमको जानकारी हुँदैन।

फोलोअर्स सेटिङः

फेसबुकले आफ्नो साथीका साथै अन्य फोलोअर्सलाई पनि तपाईको पोस्ट हेर्ने अनुमति दिन्छ। यदि आफ्नो पोस्ट आफ्ना साथीहरुलाई मात्र देखाउन चाहनु हुन्छ भने सेटिङमा गएर फोलोअर्स विकल्पमा क्लिक गर्ने। यस पछि ‘who can follow me’ मा गएर Everybody बाट Friends मा क्लिक गर्ने।

प्रकाशित मिति: १७ कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्