ए डिभिजन लिग पुरस्कार वितरण : कसले के–के पाए ?


 


काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको व्यक्तिगत स्पर्धामा लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका खेलाडीले बर्चस्व जमाएका छन् । लिगको उत्कृष्ट पाँचमध्ये तीन विधामा मनाङका खेलाडी तथा प्रशिक्षकले बाजी मारेका हुन् ।

अन्य दुई विधामा थ्री स्टार र आर्मी क्लबका खेलाडी उत्कृष्ट चुनिए । प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास भए । उत्कृष्ट गोलकिपर मनाङका विशाल श्रेष्ठ, डिफेन्डर थ्री स्टारका रञ्‍िजत धिमाल, मिडफिल्डर मनाङका हेमन गुरुङ र प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए । उपाधिसँगै मनाङले ५० लाख नगद प्राप्त गरेको छ ।

यस्तै दोश्रो भएको संकटाले ३५ लाख पुरस्कार पाउदा थ्री स्टारले २५ लाख नगद पुरस्कार प्राप्त गर्यो । १४ क्लबले प्रतिस्पर्धा गरेको यो लिगमा विजेता, उपविजेता र तेस्रोसँगै शीर्ष ६ स्थानमा रहने टोलीले नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै पुछारको दुई टोलीले भने ऋण अंक प्राप्त गरेको छ । लिगको पुछारमा मछिन्द्र र एनआरटी रह्यो ।

उत्कृष्ट खेलाडी र प्रशिक्षकले एक–एक थान पल्सर मोटरसाइकल र नगद ५० हजार प्राप्त गरेका छन् । यस्तै, प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले ’मणि बिक्रम शाह युवा खेलाडी’ अवार्ड जिते । अवार्डसँगै उनले नगद एक लाख रुपैयाँ प्राप्त गरे ।

प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्