समायोजनमा नजाने कर्मचारी बर्खास्त हुन्छन् : मन्त्री पण्डित



काठमाडौं : संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्न सकिने बताएका छन्।

चिठी दिएको २१ दिनभित्र तोकिएका ठाउँमा जानुपर्छ, ‘कसैले जान्न भन्न पाउँदैन,’ उनले भने, ‘जान्न भन्नेलाई बर्खास्तीको बाटो सुरु हुन्छ, उहाँलाई घर पठाइन्छ।’

स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापन : साझा जिम्मेवारी समृद्धिको पहिचा संघीयता, स्थानीय सरकार र प्रशासन विषयमा सञ्चारकर्मी र मन्त्री पण्डितबीच भएको अन्र्तक्रियामा मन्त्री पण्डितले समायोजनको फारम भर्ने म्याद नथपिने स्पष्ट पारेका छन्।

‘२१ दिनको समय दिएका छौं, त्यो समयभित्र अनलाइनबाट अनिवार्य रुपमा फारम गर्नुपर्छ,’ उनले भने, ‘समय एकदिन पनि लम्ब्याउन चाहदैनौं।’

उनले फारम नभर्ने कर्मचारीलाई पिआईएसमा भएको विवरणको आधारमा नागरिकताको प्रमाणपत्रको आधारमा खटाउने बताए। उनले अनुसाशनहिन र अराजक कर्मचारी देश नचाहिने बताए।

मन्त्री पण्डितले पुस मसान्तभित्र समायोजन सक्ने कुरा दोह्याएका छन्। उनले समायोजनका कर्मचारीको वृतिविकास ढाका खुला रहेको बताए।

मानव अधिकार सञ्चार प्रतिष्ठानले आयोजना गरेका उक्त कार्यक्रममा बोल्दै मन्त्री संघीयता सेरेलेक खाने अवस्थामा रहेको बताए। उनले ट्रेड युनियनका नाम सिंहदबाबर घुम्न कसैले नपाउने बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News