मोरङको बुढीगंगा गाउँपालिकाले व्यवसाय कर घटायो


 


मोरङ, पुस २५

बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन कुन किसिमका उद्योगलाई के कति कर लगाउने भन्नेबारे सुझाव पेश गरेको थियो ।

“उद्योगबाट लिँदै आएको व्यवसाय कर यसै आर्थिक वर्षदेखि हटाउँछौँ,” उहाँले भन्नुभयो । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले व्यवसाय कर घटाउन बारम्बार दबाब दिँदै आएको थियो । अब कुटिर उद्योगले वार्षिक रु पाँच हजार कर तिर्नुपर्नेछ ।

यसअघि ती उद्योगले रु १० हजार तिर्दैआएका थिए । बूढीगङ्गामा १६ घरेलु उद्योग छन् । साना उद्योगले अब वार्षिक रु ५० हजार मात्रै कर तिनुपर्ने छ । यसअघि रु एक लाख व्यवसाय कर तिर्दै आएका थिए । बूढीगङ्गामा ५४ साना उद्योग रहेको प्रमुख प्रशाशकीय अधिकृत विनोद न्यौपानेले बताउनुभयो । यहाँ १९ मझौला उद्योग छन् ।

प्रकाशित मिति: २५ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्