दोब्बर यौन आनन्दका लागि यी कुराहरु गर्नुहोस् !


 


संयमित र सक्रिय यौनले शारीरिक र मानसिक रुपमा फाइदा गर्छ । यौन मानिसको अनिवार्य आवश्यक्ता हो । खासगरी दाम्पत्य जीवनमा यौनले विशेष भूमिका खेल्छ ।जब यौनको कुरा गर्छौं, सन्तुष्टिको कुरा उठ्छ । यौनमा सन्तुष्टि लिने तरिका एकैनास हुँदैन । कसैले यसबाट सामान्य आनन्द लिन्छन् भने कसैले चरम आनन्द । यौन क्रिया सबैको उस्तै हो । विपरित यौनाङ्गको घर्षणबाट यौन सन्तुष्ट लिने हो । तर, यौन सन्तुष्टिको पनि मात्रा छ । यसको चरम आनन्दमा पुग्नु आफैमा एउटा महत्वपूर्ण पक्ष हो ।

यौनमा चरमसुख

त्यसैले पतिपत्नी दुवैले चरमसुखसम्म पुगेर यौनको मजा लिनुपर्ने हुन्छ । यदी सहवासको समयमा पति(पत्नी दुवैले मन लगाएर यौन सम्पर्क गरेका छन् भने उनीहरु दुवैलाई चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यौनसम्बन्ध राख्दा यदि चरमोत्कर्षमा पुगेनन् वा चरमसुख प्राप्त गरेनन् भने दुवैमा तनाव बढ्छ र झगडा हुन थाल्छ । यस्ता धेरै उदाहरणहरु हामीले हाम्रो समाजमा देख्दै आएका छौं । एक युवक आफ्नो पत्नीसँग यौनसम्बन्ध राख्ने क्रममा फोरप्लेमा धेरै ध्यान दिँदैनन् । जबकी उनकी पत्नी फोरप्लेको साथमा तन्मयतासँग सेक्स गर्न चाहन्छिन् । पतिले यस्तो नगर्नाले पत्नीले चरमसुखसम्म पुग्न सक्दिनन र अक्सर दुवै बीच यसै कुरालाई लिएर धेरै झगडा हुन्छ ।

के हो अर्गाजम अर्थात चरमोत्कर्ष ?

चरमोत्कर्ष यौनसम्बन्धको मजबुत कडी हो । मेडिकल साइन्सका अनुसार सहवासको समयमा शरीरमा हुने विभिन्न परिवर्तन र चरमसुखलाई नै चरमोत्कर्ष एवं अर्गाजम भनिन्छ । सर्वेक्षणका अनुसार महिलाहरुमा पहिलो चरमसुखको लागि सही उमेर १८ वर्षको हो । भर्खरै विवाह गरेका महिलाहरुले यौनसम्बन्ध राख्दा चरमोत्कर्षको आनन्द उठाउन सक्दैनन् तर, केहि समय पछि लगातार यौनसम्बन्ध राखेमा अर्गाजममा पुग्न सक्छन ।

अर्गाजम अर्थात चरमसुख प्राप्त गर्नको लागि अपनाउनुहोस् यस्तो तरिकाः

लामो लामो सास लिनुहोस्

यौनसम्बन्धबाट चरमसुख प्राप्त गर्नको लागि पतिपत्नीको मनमा दृढशक्ति र जिज्ञासा हुन जरुरी हुन्छ । यसको आनन्द पुरा शरीरले उठाउँछ तर यसको सुरुवात भने सासबाट हुन्छ । यौनसम्पर्कको समयमा सासमा ध्यान दिनुहोस् । चरमसुख वा अर्गाजमको नजिक पुग्दा लामो लामो सास लिनुहोस र छोड्नुहोस । अक्सिजनले शरीरमा रक्तप्रवाह तेज बनाउँछ त्यसैले जति लामो सास फेर्नुहुन्छ तपाईले यौनआनन्द धेरै उठाउन सक्नुहुन्छ ।

सेक्स टोय

सेक्स टोयको मद्धतले फरक खालको आनन्द अनुभव हुन्छ । यो अर्गाजमसम्म पुग्ने सबैभन्दा सजिलो तरिका हो । सेक्समा चरमसुखको अनुभव गर्न सेक्स टोयहरुको आवश्यकता हुँदैन तर यसले सहवासमा उत्तेजना बढाउनमा धेरै राम्रो भूमिका खेल्छ ।

कल्पनाको सहारा लिनुहोस्

उत्तेजक सपना देखेर पनि चरमसुख प्राप्त हुन्छ । यो सहवास क्रियालाई आनन्ददायक र उत्तेजक बनाउनमा पनि सहयोगी हुन्छ । यदि तपाईलाई आफ्नो यौनसाथी सँग यौनसम्बन्ध राख्दा उत्तेजना महसुस हुँदैन भने यस्तो स्थितीमा कल्पनाले पनि तपाईलाई अर्गाजम सम्म पुर्‍याउन सक्छ ।

कामोत्तेजक अंगहरु खेलाउनुहोस्

सहवासको क्रममा आफ्नो शरीरलाई एक्टिभ राख्नुहोस् । धेरैजसो महिलाहरु शरीरलाई कडा बनाउँछन् जुन गलत हो । चरमसुख प्राप्त गर्नको लागि दुवै पार्टनरले शरीरको भरपुर प्रयोग गर्नुहोस् ।

फरकफरक आसन अपनाउनुहोस्

सहवासको समयमा साधारण र सजिलो तरिकाले वा सँधै एकै किसिमको आसनमा सेक्स नगर्नुहोस् । पार्टनरको साथमा फरकफरक सेक्स आसन अपनाएर सहवास गरेमा अर्गाजम सम्म पुग्न सजिलो हुन्छ ।

यौनक्रियामा शरीरलाई लिप्त गर्नुहोस्

आनन्द र उत्तेजन रहने कोसिस गर्नुहोस । यौनसम्पर्क गर्दा शरीरका ११ भागलाई लिप्त गर्ने कोसिस गर्नुहोस । कामोत्तेजनाको कारण मांसपेसीहरु खुम्चिएका छन् भन भने विस्तारै मसाज गरेर रिल्याक्स रहने प्रयास गर्नुहोस् । फ्रेस मुडमा सहवास गरेमा मात्रै अर्गाजमसम्म पुग्न सकिन्छ ।

फोरप्लेलाई स्थान दिनुहोस्

सेक्स भन्दा पहिले चुम्बन, स्पर्श, एकआपसमाचल्ने, अंगालो मार्ने गर्नुहोस् किनभने यसले कामवासना जागृत हुन्छ । चिकित्सकहरुका अनुसार पुरुषको यौनेच्छा शरीरसम्म मात्रै सिमित हुन्छ भने महिलाहरु सहवासको भावनाले जोडिन्छन् । त्यसैले फोरप्ले मार्फत चरमसुख प्राप्त गर्दै यौनको भरपुर आनन्द लिनुहोस् ।

स्वास्थ्य परिक्षण गराउनुहोस्

यदि माथि उल्लेखित सबै चीज गर्दा पनि सहवासमा सन्तुष्टि मिल्दैन र अर्गाजमसम्म पुग्न पाउनुभएको छैन भने तुरुन्त डाक्टरसँग चेकअप गराउनुहोस् । कैयौंपटक धेरै औषधिहरुको सेवन गर्नाले पनि अर्गाजमसम्म पुग्न दिँदैन । यौनसम्पर्क गर्दा चरमसुख प्राप्त नगर्नाले आपसी सम्बन्धमा पनि दरार उत्पन्न हुन थाल्छ । आपसमा झगडा हुन थाल्छ मानसिक तनाव हुन्छ र यहाँ सम्म कि वैवाहिक जीवननै खतरामा पर्न सक्छ । यसैले पतिपत्नी दुवैले यस्तो तरिकाले यौन सम्पर्क राख्ने प्रयास गर्नुहोस कि दुवै जना चरमोत्कर्षमा पुग्न सकियोस । यौन दाम्पत्य जीवनको महत्वपूर्ण भाग हो । यसलाई नजरअन्दाज नगर्नुहोस् पतिपत्नीको सम्बन्धमा जुन तरिकाले आपसी व्यवहार र सहयोगले मधुरता दिन्छ ठिक त्यसै तरिकाले उचित र आनन्ददायक सेक्सले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ

प्रकाशित मिति: २५ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्