मुक्तिनाथको आशिर्वादले आज बिहीबार यी राशिको भाग्य मालामाल – तपाईको दिन शुभ रहोस्


 


ज्योतिषि डिपि भण्डारी वि.सं. २०७५ साल पौष २६ गते । बिहीबार । ईश्वी सन् २०१९ जनवरी १० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि चतुर्थी, १८ घडी २७ पला, दिउँसो ०२ बजेर २१ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र शतभिषा, ५१ घडी ०४ पला, रातको ०३ बजेर २३ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग व्यातिपात, ५४ घडी ११ पला । करण भ्रद्रा, दिउँसो ०२ बजेर २१ मिनेट उप्रान्त बव, रातको ०३ बजेर २१ मिनेट उप्रान्त बालव । आनन्दादिमा वज्र योग । चन्द्रराशि कुम्भ । पञ्चक ।

काठमाडौँमा सूर्याेदय ०६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट । दिनमान २६ घडी ०७ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) परिश्रम गरेअनुसार प्रतिफल प्राप्त नहुने हुनाले काम गर्न मन लाग्ने छैन । अरूकै लहैलहैमा लाग्नाले पढाइ लेखाइमा भनेजस्तो नतिजा आउने छैन भने प्रतिस्पर्धीहरू हावी हुनेछन् । व्यापारमा प्रशस्त समय दिए पनि भनेजस्तो आम्दानी नहुने हुँदा आर्थिक पाटाहरू बिग्रनेछन् । दाजुभाइसँग मनमुटाव बढ्नेछ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ खानपानमा ध्यान लिनुहोला । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुपर्ने समय रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) कानुन संवत् गरिने कुनै पनि कामहरू सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुँनेहुँदा मान सम्मानमा वृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रूपमा सुदृढ होइनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । प्रेम प्रसङ्मा सामीप्यता बढेर जानेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) धर्म, संस्कृति तथा आफ्नो रीतिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनुपर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ । साथीभाइ तथा आफन्तहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनालेमन प्रशन्न रहने तथा भाग्य वृद्धि हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) हतार गर्ने बानीले अनावस्यक विवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरूभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला । काममा बाधा तथा दुःख दिनेहरू सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ । काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला । अरूले आलोचना गर्न सक्छन् ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरू मिलेर गरिने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रूपैयाँ पैसा कमाउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोगमार्फत भनजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा एक अर्काबीच नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा कामहरू गर्न सकिनेछ । पढाइ लेखाइ प्रगति पथमा अगाडि बढ्ने हुँदा मन प्रसन्न रहनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) नोकरीमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरू आफै साइड लाग्नेछन् । विवादित निर्णयहरू तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घरपरिवार तथा आफन्तहरू खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेको छ । पुराना स्वास्थ्यसम्बन्धी समस्याहरू हल भएर जानेछन् भने सङ्कटबाट मुक्ति मिल्ने समय रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) आकस्मिक धनसम्पत्ति लाभ हुने समय रहेको छ । सेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन सत्त कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) सामाजिक काम गर्दा ध्यान दिनुहोला । प्रतिस्पर्धीहरूले तपाईंको साख गिराउन खोज्नेछन् । खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेको छ । घर जग्गा तथा स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला । समय मध्ययम रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) ःआफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइने ग्रहयोग रहेको छ । दाजुभाइसँगको सम्बन्धमा नयाँपनको विकास हुनेछ । छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले सहासिलो काम गर्ने आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठन पाठनमा मन जाने हुनाले स्कुल तथा कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरूले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापन सुदृढ हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलाशी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) स्वास्थ्य क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर समय खर्चिनेहरूले प्रशस्त रूपैयाँ पैसा कमाउन सक्नेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अन्य दिनभन्दा सुधार भएर जानेछ । माया प्रेममा रमाउँन चाहनेहरूका लागि भने समय मध्यम रहेको छ । अग्रज तथा आफन्तको सुझावलाई मान्दै अगाडि बढे चाहेको गन्तव्य पहिल्याउँन सकिनेछ ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्