आज प्ररराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्ली जाँदै



काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन आज नयाँ दिल्ली जाँदैछन । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउन्डेसनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो ।

भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News