आज जापानी विदेशमन्त्री कोनोले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग भेट गर्ने



काठमाडौं : नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनोले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गदैछन् । दुई दिने नेपाल भ्रमणमा आएका कोनोले शितल निवासमा राष्ट्रपति भण्डारी र बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटने कार्यक्रम छ ।

भेटमा दुईपक्षीय हित नेपाल जापान सम्वन्ध लगायतका विषयमा छलफल हुनेछ । भ्रमणका क्रममा हिजो परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र तारो नेतृत्वको जापानी प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवर्ता भएको थियो । विदेशमन्त्री कोनो आजै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News