बिहिबार यी मन्त्र सहित गणेशको पूजा गर्नुहोस् !


 


हात्तिको जस्तो शिर मान्छेको जस्तो शरिर ठूलो पेट विघ्न हर्ता सिद्धी दिने विर भगवानको रुपमा भगवान गणेशको पूजा गर्ने गरिन्छ ।

मन्त्र
भगवान गणेशको पूजा आरधना गरे मंगल ग्रहको प्रभाव हटेर जाने र जनविश्वास रहेको छ । मंगलबार बर्त बसी मंगल ग्रहको खराब प्रभावलाई हटाउन विधिगत रुपमा भगवान गणेशको पुजा आरधना गर्ने गरिन्छ । आज हामी तपाईलाई भगवान गणेशको पुजा गर्ने विधिबारे बताउन गइरहेका छौँ ।

बिहान उठेर पूरै शरिर नुहाउने चोखो कपडा लगाउने । सम्भव भए सम्म नजिकैको मन्दिरमा गएर भगवान गणेशको पूजा गर्ने । मंगलबारको दिन भगवान गणेशको लागि प्रिय दिन भएकाले विधिवत रुपमा बर्त बसी गणेशको पूजा गरेमा जीवनमा सोचे भन्दा धेरै सफलता मिल्ने विश्वास रहेको छ । भगवान गणेशलाई घ्यू मन पर्ने भएकोले पुजा गर्दा ३ घ्यू अर्पण गर्नुपर्ने छ । यसरी गणेशलाई घ्यू अर्पण गरेमा गणेश भगवान छिट्टै प्रसन्न हुने हुँदा छिट्टै लाभ प्राप्त हुने विश्वास रहेको छ ।

गणेश भगवानले गुलियो चिज मन पराउने भएकाले गणेशलाई सख्खरबाट बनाइएको लड्डु चढाउने प्रचलन रहेको छ । गणेशको पुजा गर्दा शुरुमा दहीले स्नान गराउनु पर्छ । त्यसैले भगवान गणेशको पुजामा कपडा समेत चढाउने गरिन्छ । यसरी सबै विधि पुरा गरेर भगवान गणेशको पुजा गरेमा गणेश खुसी हुने भएकाले गणेशजीको कृपाले हरेक कार्यहरु सफल हुनुको साथै ठूलो सफलता मिल्ने विश्वास रहेको छ ।

गणेश पूजामा जप्नु पर्ने मन्त्र
ॐ गन गणपतय नमो नम : सिद्धि बिनायक नमो नमः अष्टबिनायक नमो नम :

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्