बाख्रा बलत्कार गर्नेले भने- अनुमति लिएर बलत्कार गरे !


 


अफ्रिकी महाद्वीपमा एउटा देश छ, मालावी । यहाँ एक केनेडी कामबानी नामका व्यक्ति बस्छन् । हामी उनीबारे किन कुरा गरिरहेका छौं ? किनभने यी व्यक्तिले यस्तो काम गरेका छन् जसबारे संसारभरी चर्चा भइरहेको छ । यी व्यक्तिमाथि बाख्रा बलात्कार गरेको आरोप लागेको छ । यतिमात्र होइन, उनले आफ्नो कुकृत्यका लागि स्पष्टिकरण पनि दिएका छन् । उनले बाख्रासँग यौनसम्बन्धका लागि बाख्रासँग अनुमती लिएको बताएका छन् ।

डेलीमेल अनुसार बाख्राका मालिकलाई सुरुमा केनेडीले बाख्रा चोर्ने कोसिस गरिरहेको भन्ने भान भयो त्यसकारण छिमेकीसँग मद्दत माग्न दौडिए । तर जब उनी छिमेकीसँग फर्किए तब २१ वर्षे ती व्यक्तिले बाख्रालाई बलात्कार गरिरहेको देखे ।

पुलिस इन्सपेक्टर लुब्रिनो काइतानोले भने, ‘बाख्राका मालिक पेम्फेरा माख्वाखुलिकाले कामबानी बाख्रा चोर्न आएका होलान् भन्ने सोचेका थिए । त्यसकारण यसबारे छिमेकीलाई जानकारी गराए ।’

‘जब उनीहरु फर्किए तब काम्बानीले बाख्रालाई बलात्कार गरिरहेको देखेपछि चकित भए,’ मालिक पेम्फोरोको भनाई उद्धृत गर्दै लुब्रिनोले बताए ।

स्थानीयले काम्बानीलाई तत्काल पक्राउ गरेर पुलिसको जिम्मा लगाए ।

पुलिस स्टेशनमा उनले बाख्रासँग सम्बन्ध राख्नुअघि अनुमती लिएको बताए ।

बाख्रामाथिको बलात्कार यो पहिलो घटना होइन । सन् नोभेम्बर २०१७ मा जाम्बिया देशमा पनि यस्तै घटना भएको थियो । त्यहाँका एक २२ वर्षका व्यक्तिले गर्भवती बाख्रालाई गर्भवती गरेका कारण सजाय सुनाइएको बताइएको थियो । यसै देशमा अर्का एक ३३ वर्षे पुरुषले पनि गर्भवती बाख्रामाथि बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्