निर्मला हत्याकाण्डः आमा दुर्गादेवीलाई बुवा यज्ञराजले गरे कुटपिट


 


महेन्द्रनगर, पुस २७

वलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरेको राहत रकम लिन तयार र डीएनए परीक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहीवार कुटपिट गरेको दुर्गादेवीले बताएकी छन् ।

आज प्रकाशित नेपाल समाचारपत्र दैनिक लेख्छ–भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा बिहीबार बिहान खाना बनाइरहेको बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेवीले बताइन् । उनले भनिन्, ‘दुवै छोरी स्कुल गएका थिए, म भान्साका भात पकाईइरहेकी थिएँ, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गरे।’

कुटपिट गर्न थालेपछि आफू बाहिर आएको उनले बताइन् । उनका अनुसार अरुको इसारामा चल्ने भन्दै दुर्गाका कपाल तानतुन गरेर गाली गर्दै कुटपिट गरेका थिए । निर्मलाका बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसंग सल्लाह नै नगरि अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् । तर, निर्मलाकी आमा दुर्गाले न्यायको लागि पर्खिदा पर्खिदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्न तयार भएको बताएकी छन् ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्