उर्लाबारीका गायक निशान भट्टराईलाई एउटै केटीको दिनमै १५० कल


 


नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा चर्चा कमाएका निशान भट्टराईको माग अहिले उच्च छ । मिठो स्वरका कारण नै उनको माग उच्च रहेको हो । आइडलको उपविजेता बनेपछि निशानलाई विभिन्न प्रकारका प्रस्ताव आइरहेका छन् । प्रस्ताव गीत गाउनका लागि त छदैछन् त्यो भन्दा बढी प्रेम प्रस्ताव आउने गरेका छन् ।

दिनमै एक सय ५० कल गर्ने पोखराकी युवती

पोखारमा एक युवती मेरो डाइहार्ड फ्यान हुनुहुन्छ । मलाई उहाँको नाम चाहिँ याद भएन । उहाँ मलाई निरन्तर फोन गरिरहनुहुन्छ । यतिसम्म कि एक दिन उहाँले मलाई १ सय ५० पटकसम्म फोन गर्नुभएको छ । म फुर्सद भएका बेला फोन रिसिभ गर्थे । मैले फोन रिसिभ नगरे पनि उहाँ मलाई फोन गरिरहनुहुन्थ्यो ।

ज्याकेट च्यातिदिए
केही समयअघि म गाईघाटको एउटा कार्यक्रममा सहभागि भएको थिएँ । त्यहाँ दर्शकहरुको ठूलो भीड थियो । त्यही भीडमा केटीहरुको अलग भीड पनि थियो । मलाई त्यो भीड छिचोल्न निकै गाह्रो भयो । त्यसपछि मलाई कार्यक्रम आयोजकले घेरेर स्टेजमा लाँदै हुनुहुन्थ्यो, त्यही केटी फ्यानहरुको समूहले मलाई पटाडिबाट तानेर ज्याकेट नै च्यातिदिए ।

मसँग विवाह गर्छु भन्छिन्
इटहरीमा भएकी एक डाइहार्ड फ्यानले सामाजिक सञ्जालमा मलाई निरन्तर म्यासेज पठाइरहनुहुन्छ । यद्यपि उहाँसँग मेरो भट भएको छैन । उहाँ मसँग जसरी पनि विवाह गर्छु भन्नुहुन्छ । यतिसम्म कि उहाँ मसँग विवाह गर्न मेरो बुबाममीसँग कुरा गर्छुसम्म भन्नुहुन्छ ।

स्केच बनाएर दिने फ्यान केही दिनअघि म बसन्तपुरको एउटा कार्यक्रमा सहभागी भएको थिएँ । त्यहाँ एक जना फ्यानले पेन्सिल स्केच बनाएर मलाई गिफ्ट दिनुभएको थियो । त्यो स्केच यति राम्रो छ कि त्यसलाई मैले आफ्नो कोठमा सजाएर राखेको छु ।

बर्थ डे केक बोकेर आउने फ्यान
मेरो जन्मदिन जेठ २९ गते हो । यसपालि म बिहानै घरमा जन्मदिन मनाएर बेलुका साथीहरुसँग बाहिर बसेको थिएँ । भोलिपल्ट घरमा आउँत त मेरा दुई जना फ्यान बर्थ डे केक र गिफ्ट बोकेर मेरो घरमा आउनुभएको रहेछ । त्यो देखेर म आश्चर्यचकित भएँ, किनभने मैले उहाँहरुलाई चिनेको थिइनँ र उहाँहरुले पनि मेरो घर देख्नुभएको थिएन । कसरी मेरो घर पत्ता लगाएर आउनुभयो पत्तो भएन । साप्ताहिकबाट

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्