प्रधानन्यायाधीश र बार अध्यक्षबीच मञ्चमै जुहारी ! कानुनमन्त्रीको यस्तो छ धम्कि


 


काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई स्वागत गर्न शुक्रवार नेपाल बार एशोसिएशनले आफ्नै सभाहलमा कार्यक्रम आयोजना गरयो । प्रधानन्यायाधीशको स्वागतमा गरिएको कार्यक्रममा घोचपेज मात्र होइन बार र बेच्चबीच जुहारी नै चल्यो । बार अध्यक्ष शेरबहादुर केसी र प्रधानन्यायाधीश राणाबीच जुहारी चल्यो ।
एउटा सर्वाेच्च अदालतको बरिष्ठतम न्यायाधीशलाई न्यायापरिषदको बैठकमै नबोलाउने, मुद्दा नै हेर्न नदिने कार्य असंबैधानिक हो, यो असंबैधानिक कार्य गर्न प्रधानन्यायाधीशले पाइदैन, बार अध्यक्ष केसीले न्यायाधीश दीपकराज जोशीको पक्षमा वकालत गर्दै भने विगतमा जे गल्ति भएपनि उहाँलाई वरिष्ठतम न्यायाधीशको मान्यता र मुद्दा हेर्न इजलास दिनु पर्दछ ।

तर केसीको जवाफलाई प्रधानन्यायाधीश राणाले अस्वीकार गरिदिएका छन् । ‘जो मान्छे न्यायको विवेकलाई, न्यायको आचरणलाई कायम राख्न सक्दैन, त्यस्ता व्यक्तिलाई मुद्दा हेर्ने अधिकार दिन सक्दिँन, प्रधानन्यायाधीश राणाले भने ‘न्यायको मन्दिरमा बलिरहेको द्वीपलाई निभाउने क्रियाकलाप उहाँले गर्नुभएको छ त्यो मलाई स्वीकार्य छैन ।’

बार अध्यक्ष केसीको भनाईप्रति महान्यायाधीबक्ता अग्नी खरेलले पनि आपत्ति जनाएका थिए । केसीप्रति लक्षित गर्दै उनले गीत नै गाए । ‘बुझनेले कुरा नबुझेपछि….. मन पर पर्ने नै भयो ।’ उनले पनि जोशीलाई काममुक्त गर्नु सही भएको भन्दै प्रधानन्यायाधीशको पक्ष लिए ।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्यायपरिषदको अधिकारमा बारले हस्तक्षेप गरेको भन्दै केसीको आलोचना गरे । उनले केसीको आलोचना मात्र गरेनन् प्रधानन्यायाधीश राणालाई धम्कि समेत दिए । ‘मेरो पार्टीले यसअघि प्रधानन्यायाधीशको लाइनमा रहेका ब्यक्तिका विपक्षमा भोट हालेको थियो’, ढकालले भने ‘पक्षमा र विपक्षमा भोट हाल्ने काम सकिएको छैन । चार बर्षको समयमा त्यो दिन जतिबेला पनि आउन सक्छ ।’एस काठमाडौं बाट

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्