उर्लाबारीमा मिस धिमालको अडिसन


 


उर्लाबारी, पुस २८

धिमाल बिद्यार्थी मञ्चको आयोजनामा मिस धिमाल – २०१९ को शनिवार अडिसन भएको छ ।  उर्लाबारीमा भएको अडिसनमा मोरङसहित, झापा, सुनसरी र काठमाण्डौँका ५० जना धिमाल युवतीको सहभागिता जनाएका थिए ।

अडिसन राउण्डको निर्णायकमा टेलिभिजन प्रस्तोता तृष्णा रेग्मी, मोडल प्रमिशा बज्राचार्य, सविता धिमाल र एकराज भण्डारी रहनुभएको छ । अडिसन राउण्डबाट २५ जना युवतीलाई फाईनल राउण्डका लागि छनोट गरिने धिमाल बिद्यार्थी मञ्चका अध्यक्ष सुनिल धिमालले जानकारी दिनुभयो ।

फाईनल प्रतिपर्धामा रहेका २५ जना धिमाल युवतीलाई नेतृत्व क्षमता विकाश, फोटोसुट, धिमाल इतिहासका विषयमा अवलोकन, आरजे भिजे तालिम लगायतको प्रशिक्षणपछी फागुन ७ गते हुने फाईनल प्रतिष्पर्धाबाट मिस धिमाल घोषणा गरिनेछ ।

मिस धिमालको विजेताले नगद १ लाख रुपैयाँ, फस्ट रनर अपले ५० हजार र सेकेन्ड रनर अपले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । सन् २०११ मा भएको पहिलो मिस धिमाल पछि अर्काे संस्करण हुन सकेको थिएन ।

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्