मन्त्री ढकालले भने : देउवा प्रधानमन्त्री हुँदा वाइडबडी खरिद गर्ने निर्णय भएको हो


 


मोरङ, पुस २८

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको दाबी गर्नुभएको छ ।

आज दिउँसो मोरङको बेलबारी नगरपालिका ९ नम्बर वडा कार्यालयले आयोजना गरेको जनतासँग मन्त्री भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइडबडी विमान खरिद गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले देउवाले नै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हालेको समयमा नै निर्णय भएको र पछि दुईजना पर्यटनमन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहको बताउनुभएको हो । मन्त्री ढकालले डा. गोविन्द केसीले सविधान भन्दामाथि गएर माग राखेको बताउनुभयो ।

यसैबीच मन्त्री ढकालले प्रदेश नम्वर १ को गौरवको रुपमा पथरीशनिश्चरे नगरपालिका – १० मा निर्माण गर्न लागिएको आदिवासी जनजातिको भावना समेट्ने संग्रहालय निर्माणको विषयमा अनावश्यक टिका टिप्पणी भएको बताउनुभयो ।

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्