आत्मबल बलियो बनाउन क्यान्सर पीडितलाई मन्त्री मगरकाे अनुराेध


 


भक्तपुर– खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले घरपरिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताएकी छिन्।

भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले रोग लाग्यो भन्दैमा बिरामीहरुलाई हेर्ने नजर बदल्न नहुने बताएकी हुन्।

मन्त्री मगरले रोगसँग लड्ने आत्मबल बलियो बनाउन क्यान्सरबाट पीडितहरुलाई अनुरोधसमेत गरिन् । उनले टोल टोलमा क्यान्सरबारे जागरण ल्याउन सबैलाई आग्रह गरिन् । भक्तपुर क्यान्सर अस्पतालमा थप सफा खानेपानीको व्यवस्थापन गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रसुन देवी घिराइयाको सहयोगमा करिब १२ लाख लगानीमा निर्माण भएको खानेपानी आयोजनाको उद्घाटन पनि गरेकी छन् । त्यसैगरी कार्यक्रममा अस्पताललाई २३ लाख बराबरको अल्ट्रासाउन्ड मेसिन खरिद गर्न सहयोग पुर्‍याएका समाजसेवी रिना श्रेष्ठ र प्रसुन देवी घिराइयालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्