नेता अधिकारीकाे सुझाव ओलीलाई अस्पतालबाट ‘जनतास‌ँग गरेकाे बाचा नभुल्नुस्’


 


काठमाण्डौ । ८२ वर्षको एक निष्ठावान कम्यूनिष्ट नेता जस्लाई अस्पतालको बेडमा रहँदा पनि देशको मायाँले पिरोलि रहन्छ । हुटहुटी छ देश विकास भएको र नेपाली जनताले सुख पाएको हेर्ने । तर, सरकारकाे गति उल्टो छ ।

नेताको सोच अनुसार न सरकार चलेको छ न पार्टी । पूर्वअर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीलाई सरकारको रवैया मन परेको छैन । ‘सरकारको कार्यशैली उल्टो दिशामा गएको छ’ अधिकारी भन्छन्- ‘उल्टो हिँडाइले जनअपेक्षा अनुसार काम हुन सक्दैन ।

म प्रधानमन्त्रीलाई यहाँबाट भन्छु रिसाउनुस् वा खुसिहुनुस् एक वर्ष त्यत्तिकै वित्यो अबको ४ वर्ष खेर नफाल्नुहोस् ।’ अधिकारीले ५१ सालको मनमोहन नेतृत्वको सरकारको स्मरणगर्दै भने – ‘हामीले त त्यतिबेला ९ महिना मात्र सरकार चलाउन पाएका थियौं अहिलेत ५ वर्ष छ । किन काम गर्न डराउनु हुन्छ ?’

अधिकारी भन्छन्- ‘उल्टो हिँडाइले जनअपेक्षा अनुसार काम हुन सक्दैन । म प्रधानमन्त्रीलाई यहाँबाट भन्छु रिसाउनुस् वा खुसिहुनुस् एक वर्ष त्यत्तिकै वित्यो अबको ४ वर्ष खेर नफाल्नुहोस् ।’ अधिकारीले ५१ सालको मनमोहन नेतृत्वको सरकारको स्मरणगर्दै भने – ‘हामीले त त्यतिबेला ९ महिना मात्र सरकार चलाउन पाएका थियौं अहिलेत ५ वर्ष छ । किन काम गर्न डराउनु हुन्छ ?’

मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना हुनुभएका अधिकारीले ४ वर्ष जनअपेक्षा अनुसार काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

अधिकारीले अर्थमन्त्री डा.युवराज खतिवडाले कम्युनिष्ट पार्टीको नीति बुझ्न नसकेको आरोप लगाएका छन् । सहकारीमार्फत कृषिमा अनुदान दिने विषयमा अर्थमन्त्री खतिवडाले ११ महिना पछि मात्रै बुझेको अधिकारीको भनाइ छ । ‘आज अखबारमा मैले पढे अर्थमन्त्री ज्यूले सहकारी मार्फत कृषिमा अनुदान दिने भन्नु भएको रहेछ , खुसी लाग्यो मैले त सरकार गठनकै समयमा सुझाव दिएको थिएँ ।’

सहकारीमार्फत कृषिमा अनुदान दिने विषयमा अर्थमन्त्री खतिवडाले ११ महिना पछि मात्रै बुझेको अधिकारीको भनाइ छ । ‘आज अखबारमा मैले पढे अर्थमन्त्री ज्यूले सहकारी मार्फत कृषिमा अनुदान दिने भन्नु भएको रहेछ , खुसी लाग्यो मैले त सरकार गठनकै समयमा सुझाव दिएको थिएँ ।’

अधिकारीले उत्पादन बढाउन नसके अर्थतन्त्र बलियो नहुने बताउँदै साना उद्योगलाई प्रोत्साहन गर्न सुझाव दिएका छन् । ‘हो पोखरा मा अन्तराष्ट्रिय विमानस्थल बन्यो भने पर्यटक बढ्छन् । भैरहवामा बन्यो भनेपनि त्यस्तै हो तर तपाईले उत्पादन बढाउनु भएन भने अर्थतन्त्र आयातमुखि हुन्छ । त्यसले फाइदा गर्दैन ।’ कृषि उत्पादन बढाउन समयमै ध्यान दिन सरकारलाई आग्रह गर्दछु अधिकारीको भनाई थियो ।

स्वर्गिय मनमोहन अधिकारीको ९ महिने सरकारमा अर्थमन्त्रालय संचालन गरेर चर्चा कमाएका अधिकारीलाई सफल अर्थमन्त्रीको रुपमा चिनिन्छ । ‘स्वासप्रस्वासमा समस्या छ, खाना रुच्दैन बुढ्यौलीको बेथाले च्याप्यो भन्नुस्’ भन्दै अधिकारीले दुई तिहाइको सरकारले काम गर्न नसकेको देख्दा चिन्ता बढ्दो रहेछ भन्दै गुनासो सुनाए । अधिकारी ४ दिनदेखि अस्पताल भर्ना भइ उपचार गराइरहेका छन् ।

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्