प्रदेश सरकारको बजेटमा मिक्लाजुङमा नुनसरी सिँचाई परियोजना


 


उर्लाबारी, पुस २९

१ नंं प्रदेश सरकारको आर्थिक सहयोगमा मोरङको मिक्लाजुङ गाउँपालिकामा नुनसरी खोलाबाट सिँचाइ परियोजना निर्माण हुने भएको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्षमा रु ५३ लाखको बजेटमा नुनसरी रचना कालिदह सिँचाई परियोजना निर्माण सुरु हुने मोरङ क्षेत्र नम्बर १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा लिम्बु (कुशल) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो परियोजना अबको दुई वर्ष भित्रमा निर्माण सम्पन्न हुनेछ । उक्त आयोजनाले मिक्लाजुङका २, ३ र ६ नम्बर वडालाई सिंचाई बाट प्रत्यक्ष लाभ दिनेछ ।

उक्त, सिँचाई आयोजनाले मिक्लाजुङका तीन वटा वडाको करिब ८० हेक्टर बढी जमिनलाई सिँचाइ सेवा उपलब्ध गराउनेछ । शनिबार मात्र सांसद् लिम्बुले प्रदेश सरकारबाट संचालन हुने करिव अधा दर्जन योजनाको स्थलगत अनुगमन गर्नुभएको थियो ।

सरल र सबैसँग मिलनसार स्वभावका धनी सांसद् लिम्बु आफुलाई जनताको काम गर्न निर्वाचित भएकाले भईरहेका कर्यहरुको अनुगम, निरीक्षण र कामलाई छिटो संचालन गरि आम जनतलाई सेवा दिनु आफ्नो पहिलो कर्तव्य भएको बताउनुहुन्छ ।

सांसद् लिम्बुसहित मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी समाजसेवी मानबहादुर श्रेष्ठ, नेकपा मिक्लाजुङ प्रतिनीधीहरु नरेन्द्र पसाद ढुङ्गेल, दिनेश पौडेल लगायतको टोलीले सो सिँचाई परियोजना तथा मावा र बक्राहा खोलामा निर्माण भईरहेको तटबन्धको अनुगमन गरेको थियो ।

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्