मन्त्रीपरिषद् बैठकबाट पारित मर्यादाक्रमबाट पूर्वराजा ज्ञानेन्द्र ‘आउट’


 


काठमाडौँ – सरकारले निर्धारण गरेको मर्यादाक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको छ । मन्त्रीपरिषद् बैठकबाट पारित राष्ट्रिय मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरीयता निर्धारण गरिएको छ । तर, मर्यादाक्रममा पूर्वराजाको हैसियत कहाँ रहने भन्ने कुनै उल्लेख गरिएको छैन । यो समाचार आजको कारोबार दैनिकमा छ ।

गृह मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थको संयोजकत्वमा गठित कार्यदलको सुझावका आधारमा मन्त्रीपरिषद् बैठकले केही दिनघि मर्यादाक्रम पारित गरेको थियो ।

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्