एक शर्त मानेपछि पाईन्छ २५ रुपैयाँ भाडामा गर्लफ्रेण्ड


 


एजेन्सी । चीनको हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएको छ । यहाँको वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन् ।

यीमध्ये तपाइँ जसलाई चाह्यो रोज्न सक्नुहुन्छ बदलामा तपाइले झण्डै नेपाली २५ रुपैयाँ बराबर तिर्नुपर्छ ।

यतिमा तपाइले आफूलाई मन परेकी युवतीसँग २० मिनेट बिताउन सक्नुहुन्छ । यस क्रममा तपाइँले ती युवतीसँग शपिङ, जञ्च वा डिनर गर्न सक्नुहुन्छ ।

यो सपिङ सेन्टरले यो अबको सबैभन्दा ठूलो शपिङ ट्रेण्ड बन्ने दाबी गरेको छ । यसको लागि तपाइले एउटा शर्त भने मान्नुपर्ने हुन्छ त्यो हो तपाइँले ती युवतीलाई छुन भने पाउनुहुने छैन ।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्