बाबुराम भट्टराईले सत्तारुढ नेकपा र काँग्रेसमाथि लगाए यस्तो गम्भिर आरोप


 


काठमाण्डौँ, माघ २

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य नेताहरु नै संलग्न रहेको आरोप लगाउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वाइडबडी प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको दाबी समेत गर्नुभयो ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदीय समितिले वाइडबडी विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको विवरण बाहिर ल्याएपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच वाइडबडी प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको पनि बताउनुभयो ।

नयाँ शक्ति पार्टी, नेपालले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा पनि गरेको छ । संयोजक भट्टराईले वाइडबडी काण्डमा मुछिएकाहरुलाई कारबाही गर्न आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्