सरकार सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्प प्रतिरोधी बनाउन लागिपरेकाे छ : प्रधानमन्त्री


 


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भूकम्प प्रतिराेधि र सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् ।

२१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा पाटन दरवार स्क्वायरको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले भने “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौं,” प्रधानमन्त्री ओलीले भने “भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचनाहरु भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौं।’

कोही पनि भूकम्प पीडितहरु नछुटुन् भनेर भूमिहीन, ऐलानी र प्रतिजग्गामा बसोबास गरेका परिवारका लागि समेत सुरक्षित आवास पुनर्निर्माण गर्ने व्यवस्थामा सरकार लागेकाे जानकारी दिए।

ज्येष्ठ नागरिक, व्यक्ति र बालबालिकाका लागि थप ५० हजार अनुदान दिने र भूकम्प प्रतिरोधी घर पुनर्निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको पनि प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रलाई मात्र होइन, सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्प प्रतिरोधी बनाउनका लागि प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गर्दै प्रभावकारीरुपमा कार्यान्वयन गरिएको जानकारी दिए।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्