बिद्युत प्राधिकरणका सुपरभाइजरले गरे कुलमानको बेइज्जत,


 


काठमाडौं, माघ २ नेपाल विद्युत प्राधिकरण नोलाइट शाखा मूलपानीका इलेक्ट्रिकल सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर (पहिलो तह) काले थापामगर र ज्यालादारीमा काम गर्ने बिदुर पुडासैनी पन्ध्र हजार घुस लिएको रकमसहित पक्राउ परेका छन ।

सेवाग्राहीसँग घुस लिएको बिशेष सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीनै जनालाई पक्राउ गरको हो ।

अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालका अनुसार जग्गाबाट बिजुलीको तार हटाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले १५, हजार रुपैया घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि अनुसन्धान हुँदा निजहरू ईलेक्ट्रिकल सुपरभाईजर बद्रीनाथ न्यौपाने, हेल्पर (पहिलो तह) काले थापामगर र ज्यालादारीमा काम गर्ने बिदुर पुडासैनी समेतले एक आपसमा मिलेमतो गरी विभिन्न बहाना बनाई उक्त घुस रकम लिएको पुष्टि भएको दंगालले जनाउनु भएको छ ।

अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालका अनुसार जग्गाबाट बिजुलीको तार हटाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले १५, हजार रुपैया घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले जनही बिगो १५ हजार कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता दंगालले बताउनु भयो ।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्