हेर्नुहोस ! तपाइको माघ ४ गते शुक्रबारको राशिफल


 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ,अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ,आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका दौडधुप,श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्,आजको शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ,तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)
विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ,विशेष योजना गोप्य राख्नुहोला,उत्साहमा अलि कमी आउला,तापनि प्रतिष्ठित काम गर्ने मौका छ,प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, आजको शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्,टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ, ,समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ, अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ,सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,आजको शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ,अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सोचेको लाभ नमिल्न सक्छ,केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला,आफन्तसँग असमझदारी बढ्न सक्छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,व्यवसायमा लगानी बढाउनुपर्ला, समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्, जिम्मेवारी भने बढिरहनेछन्,आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रुहरू बढ्नाले केही समस्या थपिन सक्छन्,आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्,फजुल खर्च पनि बढ्नेछ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ,अरूको सुझावप्रति शंका उब्जने समय छ,महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला,आजको शुभ अंक ११ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सुखद समाचार सुन्न पाइनेछ,स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ,पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ,धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ,मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्थायी सम्पत्ति जोड्ने समय छ,परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,नयाँ काममा हात हाल्ने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ,सन्दर पहिरनमा ठाँटिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ,आफूलाई कमजोर भएको अनुभूति हुनेछ,निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,आजको शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम बन्नाले उत्साह थपिनेछ,भेटघाटले प्रसन्नता दिलाउनेछ,आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ,मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ,विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ, तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,आत्मसम्मानमा केही आघात पुग्न सक्छ, सचेत रहनुहोला, व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्