वैदेशिक रोजगारीमा जाने नेपालीलाई डलर सटही सुविधा कटौती


 


काठमाडौं । पहिलेदेखि नै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई डलर साट्न झन्झट हुँदै आएको छ । त्यसैबीच नेपाल राष्ट्र बैंकले डलर सटहीलाई थप कडाइ गर्दै डलर सटही सुविधा कटौती गरेको छ।

वैदेशिक रोजगारीमा जाने नेपालीले ५०० अमेरिकी डलर सटही गर्न पाउँदै आएका थिए। तर
संशोधित परिपत्रअनुसार सरकारबाट अनुमति लिएर अब वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलेमात्र २०० डलर सटही गर्नसक्ने भएका छन्।

डलर सन्चिति र शोधनान्तर घाटा बढ्दै जाँदा केन्द्रीय बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीले अधिकतम् २०० अमेरिकी डलरमात्रै सटही सुविधा पाउनेगरी परिपत्र गरेको छ। बैंकले मंगलबार एक परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७४ को बुँदा १ को खन्ड (ख) को ३ संशोधन एवं परिमार्जन गरेर नयाँ व्यवस्था कार्यान्वनमा ल्याएको जनाएको हो।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्