मृत्युपछि तपाईको फेसबुक प्राेफाइल के हुन्छ ? थाहा पाइराख्नुहोस्


 


facebookतपाइको मनमा पनि यो सवाल उठ्दो हो, यदि कुनै प्रयोगकर्ताको मृत्य भएमा उसको फेसवुक एकाउन्ट के हुन्छ ?

फेसबुकका अनुसार कसैको मृत्यु पछि उसको परिवारका सदस्य वा साथीले फेसबुकलाई निवेदन दिन सक्ने छन् । र, भन्न सक्नेछन् ‘मृतकको प्रोफाइलाई एक स्मारक बनाइदेउ ।’

तर यसको लागि निवेदन दिने व्यक्तिले मृतकको मृत्यु प्रमाणपत्र भने पेश गर्नु पर्ने छ वा अन्य कुनै प्रमाण । त्यस पछि मृतकको प्रोफाइलमा शेयर भएका पोष्ट वा तस्बिर देखिने छन् तर कसैले यो प्रोफाइलमा लगइन गर्न सक्ने छैन।

कुनै पनि फेसवुक प्रयोगकर्तासँग उसको उत्तराधिकारी बनाउने विकल्प रहेको हुन्छ । तर यो अधिकार पाएर पनि एकाउन्टको लगइन गर्न सकिँदैन ।

यस्तो अधिकार पाएको व्यक्तिले पनि कुनै पोष्ट डिलिट गर्न सक्दैन । केवल उ सँग फ्रेण्ड रिक्वेष्टको स्विकार गर्ने वा नगर्ने लगायतका अधिकार मात्र हुन्छन् ।

अर्को विकल्प यो पनि छ । कुनै पनि फेसवुक प्रयोगकर्ताले आफ्नो मृत्यु पछि फेसवुक प्रोफाइलको डिलिट गर्न निवेदन दिन पनि सक्छन्। एजेन्सी

प्रकाशित मिति: ६ मंसिर २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्